दोस्रो दिन पनि सेयर बजार परिसूचक घट्ने क्रम रोकिएन, कारोबार रकम अझ घट्यो

दोस्रो दिन पनि सेयर बजार परिसूचक घट्ने क्रम रोकिएन, कारोबार रकम अझ घट्यो

काठमाडौं: साताको दोस्रो दिन सेयर बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा रह्यो।

यसअघि आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा थियो।

१३ मध्ये होटल तथा पर्यटक र व्यापार बाहेकका सबै उप-समूह घटेका छन्। सर्वाधिक घट्नेमा फाइनान्स उप-समूह छ।

आइतबार निर्जीवन बीमा बाहेक सबै परिसूचक घटेका थिए।

आज १५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ को मात्रै बढोत्तरी छ। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

७२ लाख ९० हजार २०० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८७ करोड ७४ लाख ७५ हजार रुपैयाँ छ।

हिजो कारोबार रकम ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँ थियो। घटेको बजारमा पनि गुराँस लघुवित्त र मायाखोला हाइड्रोपावरको सेयरमा भने बढोत्तरीको सकारात्मक सर्किट लागेको छ।

महुली लघुवित्तको पनि सेयर मूल्य बढ्दा लगानीकर्ता फाइदामा छन्।

सर्वोत्तम सिमेन्टको सेयर आज उच्च कारोबार भएको छ।

सेयर मूल्य प्रतिकित्ता ९४१ रुपैयाँ पुगेको यो कम्पनीको ४७ करोड २९ लाख १७ हजार रुपैयाँको किनबेच भएको छ।

हिजो सेयर मूल्य प्रति कित्ता ९७४ रुपैयाँ ५० पैसा रहँदा पनि यो कम्पनी सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा नै पहिलो नम्बरमा थियो। हिजो सर्वोत्तमको २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो।

यस्तै, शिवम् सिमेन्टको ११ करोड, गोर्खाज फाइनान्सको ९ करोड ९९ लाख, पिपुल्स पावरको ५ करोड ७९ लाख र मायाखोला हाइड्रोपावरको ५ करोड ६० लाख रुपैयाको सेयर किनबेच भएको छ।

आज घट्नेमा रिभर फल्सको सेयर पहिलो नम्बरमा छ।

सेयर मूल्य घट्ने कम्पनीहरूमा हिमालयन हाइड्रोपावर, अपर लोहोरेखोला, धौलागिरि लघुवित्त लगायत छन्।

१९ चैत, २०८०, १५:५३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।