सामाजिक सञ्जालमा चिनेको भरमा भारत जाँदा बेचिइन् युवती, प्रहरीको सम्पर्कमा पुग्दा नेपाल फर्किन सफल

सामाजिक सञ्जालमा चिनेको भरमा भारत जाँदा बेचिइन् युवती, प्रहरीको सम्पर्कमा पुग्दा नेपाल फर्किन सफल

काठमाडौँ : सामाजिक सञ्जालमा परिचय भएको युवतीलाई विदेशमा होटेलमा काम लगाइदिने भन्दै भारत पूर्याएर कोठीमा विक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोको नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ का २५ वर्षीय चन्द्रबहादुर तामाङ र दुप्चेश्वर–३ का ३० वर्षीय किरण तामाङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालबाट परिचय भएकी एक युवतीलाई वैदेशिक रोजगारीमा होटेलमा राम्रो काम लगाइदिने भन्दै भारत पुर्याएर बेचेको आरोप छ।

उनीहरूले ती युवतीलाई केही दिन घुमेर विदेश पठाउने भन्दै मंसिर १९ मा भारत पूर्याएर भारतीय महिलाको जिम्मा लगाएका थिए। ती युवतीलाई आफू बेचिएको शङ्का लागेपछि भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। त्यहाँबाट उनले आफन्तलाई सम्पर्क गरेर नेपाल फर्किएर दुबै विरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।

१८ चैत, २०८०, २१:४७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।