१ लाख ३० हजार प्रतितोला पुगेर स्थिर रह्यो सुनको मूल्य

१ लाख ३० हजार प्रतितोला पुगेर स्थिर रह्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ३० हजार रुपैयाँमा सुनको कारोबार भएको छ।

यसअघि शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो। सुनको यो मूल्य हालसम्मकै उच्च हो।

दुई सातामै सुन तोलाको ५ हजार बढेको छ। चैत ४ गते तोलामा १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य आइतबार स्थिर रहेको छ।

प्रतितोला १ हजार ५२५ रुपैयाँमा चाँदीको कारोबार भएको छ।

यसअघि चैत ८ गते चाँदी प्रतितोला १ हजार ५५५ रुपैयाँसम्म पुगेको थियो।

१८ चैत, २०८०, ११:४५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।