ब्रिटिस कलेजको अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रम सम्पन्न

ब्रिटिस कलेजको अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रम सम्पन्न

काठमाडौँ : द ब्रिटिस कलेज (टीबीसी)ले यसपटक पनि अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना गरेको छ।

टीबीसीले यूकेस्थित आफ्नो साझेदार संस्था लिड्स बेकेट युनिभर्सिटी (एलबीयू)का विद्यार्थीहरूलाई स्वागत गर्दै विभिन्न कार्यक्रम आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको हो।

मार्च २५ देखि २९ सम्म भएको कार्यक्रममा एलबीयूका आठ जना विद्यार्थीहरूसँगै टीबीसीका विद्यार्थीहरूको पनि सहभागिता रहेको कार्यक्रममा १६ जनाले ‘इन्टरनेट अफ थिङ्ग्स’जस्ता नविन परियोजनाहरूमा संलग्न हुने मौका पाएको बताइएको छ।

डा. पुनेह बघेरी जादेह, ब्रिटिस कलेजका हेड अफ द स्कुल अफ कम्प्युटिङ रोहितराज पाण्डे लगायतका प्रोग्राम लिडरहरूको सहभागितामा कार्यक्रम गरिएको थियो।

टीबीसीका अनुसार नेपालको अनुपम भूगोल र मौसमी अवस्थाको लागि तयार पारिएका आर्टिफिसियल इन्टिलिजेन्स (एआई) परियोजनामार्फत विद्यार्थीले आफ्नो विश्वव्यापी परिप्रेक्ष्यलाई फराकिलो बनाउने तथा अन्तर्राष्ट्रिय सम्बन्ध वृद्धि गर्ने मौका पाएका थिए।

ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल प्याट्रिक म्याक्रडेनले भने, ‘पुनः एक पटक लिड्स बेकेट युनिभर्सिटीबाट आएका विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं। यो पहल विद्यार्थीहरूका लागि महत्वपूर्ण शिक्षा प्रदान गर्न मात्रै नभई हाम्रा साझेदार संस्था बीचको सम्बन्धलाई मजबूद बनाउन र विश्वव्यापी सहकार्यलाई प्रोत्साहित गर्न पनि उत्तिकै महत्वपूर्ण साबित भइरहेको छ।’

विद्यार्थीहरूद्वारा विकास गरिएका नवीन ‘आईओटी’ परियोजनाहरूमा उनीहरुको रचनात्मक र समस्याको समाधान गर्ने सीपहरू प्रस्तुत भएका थिए।

ज्याक स्मिथ, जेम्स वेस्टोबी, कञ्चन कोइराला र संयोजन देवकोटा समावेश समूह ‘ए’ ले बाढी पूर्व सूचना प्रणाली बारेको एआई परियोजना प्रस्तुत गरेका थिए।

त्यस्तै, समूह ‘बी’ले एआई ट्राफिक व्यवस्थापन प्रणाली बारेको परियोजना प्रस्तुत गरेका थिए। यस समूहमा नोजेन्द्र ओला, लौरा गाण्डिया गार्सिया–मोरालेस, स्वीङ नाकार्मी र अग्रता भट्टराई रहेका थिए।

समूह ‘सी’का इस्लाम इल्सेरोउगी, ब्राडले लीच, राजश्वी श्रेष्ठ र अनमोल ढकालले एआई स्मार्ट गार्डनिङ प्रणाली बारेको परियोजना प्रस्तुत गरेका थिए।

समूह ‘डी’मा रहेका म्याक्स सियू चुङ यान, कनिका माथुर, श्रेयश पराजुली र दिवन सिग्देलले एआई हाते पानी नियन्त्रण प्रणालीबारे आफ्नो परियोजना प्रस्तुत गरेका थिए।

१७ चैत, २०८०, १६:१८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।