आक्रामक दोहेनी ऐरीको बलमा सागर ढकालबाट क्याच आउट

आक्रामक दोहेनी ऐरीको बलमा सागर ढकालबाट क्याच आउट

काठमाडौं : नेपाल ‘ए’ विरुद्धको पहिलो टी२० क्रिकेटमा आयरल्यान्ड उल्भ्सले चौथो विकेट गुमाएको छ।

पन्ध्रौं ओभरको चौथो बलमा कमलसिंह ऐरीले आक्रमक ब्याट्सम्यान स्टेफेन दोहेनीलाई सागर ढकालको हातबाट क्याचआउट गराएका हुन्।

दोहेनी १६ बलमा ३४ रन बनाएर आउट भएका हुन्।

त्यसअघि एघारौं ओभरको अन्तिम बलमा आरिफ शेखले पिटर मोरलाई बोल्डआउट गर्दा दशौं ओभरको छैटौं बलमा सागर ढकालले केड क्यारामाइकललाई एलबीडल्बु आउट गरेका थिए।

पिटर ३२ बलमा ४९ रन बनाएर आउट हुँदा केड २९ बलमा ३८ रन बनाएर पेभेलियन फर्किएका हुन्।

पहिलो विकेट भने इनिङको दोस्रो बलमा कमलसिंह ऐरीले लिए। उनले रोस अडायरलाई आरिफ शेखको हातबाट क्याचआउट गराए।

नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएपछि आयल्यान्ड उल्भ्स ब्याटिङमा तानिएको हो।

यसअघि भएको नेपालको सिनियर टोलीसँगको दुवै टी२० खेलमा आयरल्यान्ड उल्भ्स पराजित भएको थियो।

१६ चैत, २०८०, १४:१८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।