दुई जोडी कलाकार समेट्दै ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक

दुई जोडी कलाकार समेट्दै ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक

काठामाडौं : आगामी जेठ २५ गते रिलिज मिति तय भएको फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ।

शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्काको साथमा अभिनेता कवीर खड्का र मोडल गरिमा शर्मालाई जोडी बनाएर देखाइएको छ।

दर्शकलाई हलसम्म तान्न टिजर र ट्रेलरको अलावा पोस्टरको पनि ठूलो हात हुन्छ। तर, ‘लण्डन टु पेरिस’को पोस्टरमा चार जनाको प्रेमिल तस्बिरबाहेक अन्य आकर्षण देखिँदैन।

टिकटकर हुँदै म्युजिक भिडियोमा चम्किएकी गरिमा शर्मा यहि फिल्म नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन्। फिल्मको पहिलो पोस्टरमा अभिनेत्री शाह र डेव्यु अभिनेता खड्का फिचर्ड थिए।

घनश्याम लामिछाने निर्देशित यस फिल्ममा साम्राज्ञी, निश्चल, कविर र गरिमाका  अलवा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ। ट्राभल लभस्टोरी कथामा निर्माण भएको यो फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यस फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ। सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन्।

यसअघि निर्देशक लामिछानेको फिल्म ‘चित्रा’ प्रदर्शनमा आएको थियो, जसले नेपालबाट लगानीसम्म उठाउन सकेन।

१६ चैत, २०८०, १२:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।