तोलामा २१ सय रुपैयाँ बढ्दा सुनको मूल्य इतिहासकै उच्च

तोलामा २१ सय रुपैयाँ बढ्दा सुनको मूल्य इतिहासकै उच्च

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य इतिहासकै उच्च भएको छ।

बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा २१ सय रुपैयाँले बढ्दा चाँदीमा १५ रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार १ लाख ३० हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुन १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्य बिहीबारको तुलनामा १५ रुपैयाँले बढ्दै तोलाको १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ।

१६ चैत, २०८०, ११:११:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।