‘बिराट गोल्डकप’को मुख्य प्रायोजक एनआईसी एसिया बैंक

‘बिराट गोल्डकप’को मुख्य प्रायोजक एनआईसी एसिया बैंक

काठमाडौं : एनआईसी एशिया बैंकले कोशी प्रदेशमा जारी ‘बिराट गोल्डकप फुटबल’लाई मुख्य प्रायोजन गरेको छ।

आयोजक बिराट गोल्डकप फुटबल ट्रष्टसँग सम्झौता गर्दै बैंकले मुख्य प्रायोजन गरेको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले हस्ताक्षर गरे।

चैत १५ देखि २४ सम्म विराटनगरस्थित सहिद रंगशाला सञ्चालन हुने प्रतियोगितामा संकटा क्लब, नेपाल सशस्त्र प्रहरी बल, मोरङ–११, त्रिभुवन आर्मी क्लब, चर्च बोइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस, सुनसरी–११, भुटानबाट भुटान एफसी, भारतबाट दिल्ली एफसी, माने भञ्ज्याङ दार्जिलिङ, कोलकत्ता–११ र पञ्जाब पुलिस टिम सहभागी हुनेछन्।

कोशी प्रदेशका नव खेलाडीहरूलाई हौसला प्रदान गर्ने हेतुले आयोजना हुन गइरहेको प्रतियोगिताका बिजेताले नगद ११ लाख रुपैयाँ र उपबिजेताले पाँच लाख ५० हजार रुपैयाँ लगायत ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

साथै, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट गोलरक्षकलाई जनही २१ हजार रुपैयाँ र उत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ प्रदान गरिनेछ।

एनआईसी एसिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।

१६ चैत, २०८०, ०७:४९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।