त्रिविमा उत्तरपुस्तिका हराएपछि के भन्छिन् शिक्षामन्त्री श्रेष्ठ?

त्रिविमा उत्तरपुस्तिका हराएपछि के भन्छिन् शिक्षामन्त्री श्रेष्ठ?

काठमाडौं : त्रिभुवन विश्वविद्यालयबाट उत्तरपुस्तिका हराएपछी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू यसबारे जानकार रहेको बताएकी छिन्।

बिहीबार साँझ सामाजिक सञ्जालबाट मन्त्री श्रेष्ठले परीक्षार्थीमा पर्ने मानसिक तनाव तथा विश्वविद्यालयमाथि उठ्ने प्रश्न र शंकाप्रति संवेदनशील हुनुपर्ने बताएकी छन्।

'उत्तरपुस्तिका हराएका परीक्षार्थीहरूको पुन: परीक्षाबाट मात्र यस्ता समस्या समाधान हुने होइनन्। यस्ता घटनाहरू दोहोरिन नदिन घटना घट्नुको कारण पत्ता लगाएर सम्बन्धितहरूलाई उचित कारबाही र प्रक्रिया सुधार अनिवार्य हुन्छ,' उनले लेखेकी छिन्।

 

बिहीबार मात्र उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले उच्चस्तरीय छानबिन समिति बनाएको छ।

मन्त्री श्रेष्ठले समितिले निष्पक्ष, निर्भीक र परिणाममुखी कार्य गर्ने वातावरण बनाउन शिक्षा मन्त्रालयले हदैसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन्।

 

 

 

१५ चैत, २०८०, २१:५२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।