अन्तिम समयमा एनिमेटेड फिल्म ‘सलिना’ को रिलिज रोकियो, महाजात्रालाई फाइदा

अन्तिम समयमा एनिमेटेड फिल्म ‘सलिना’ को रिलिज रोकियो, महाजात्रालाई फाइदा

काठमाडौँ : हल सञ्चालकहरूले एनिमेटेड नेपाली फिल्म ‘सलिना’लाई कम शो दिएको भन्दै निर्माण पक्षले भोली शुक्रवार तय गरेको प्रदर्शन स्थगित गरेको छ। भोली ‘सलिना’ एकल प्रदर्शनमा आउँदै थियो। तर हल सञ्चालकहरूले हेपेर कम शो दिएको भन्दै निर्माण पक्षले अन्तिम समयमा आएर फिल्मको प्रदर्शन रोकेको छ।

‘सलिना’ को प्रदर्शन रोकिदा हलमा चलिरहेको महाजात्रालाई थप सहज भएको छ। दोस्रो हप्ता पनि उल्लेख्य शोज्हरु पाइरहेको फिल्म तेस्रो हप्ता पनि हलमा एकल नेपाली फिल्मको रूपमा निरन्तर हुने भएको छ।

निर्माण पक्षले कम शो दिएको बताए पनि बिहीबारबाट सुरु भएको एसइई परीक्षाका कारणले पनि फिल्मको रिलिज रोकिएको देखिन्छ। फिल्मले अपेक्षा गरेको दर्शकको ठुलो सङ्ख्या परीक्षामा केन्द्रित हुने भएकाले निर्माण पक्षले फिल्मको प्रदर्शनै रोकेका हुन्। अहिले हलमा महाजात्रासँगै कम शो पाए पनि अगस्त्य र उपहार चलिरहेको छ।
 

१५ चैत, २०८०, १५:५४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।