गठबन्धन टुटेपछि प्रचण्ड-देउवाबीच पहिलो भेट, टीआरसी र संसद अवरोधबारे छलफल

गठबन्धन टुटेपछि प्रचण्ड-देउवाबीच पहिलो भेट, टीआरसी र संसद अवरोधबारे छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संक्रमणकालीन न्याय र संसद अवरोधका विषयमा छलफल भएको छ।

‘भेटमा मुख्यगरी संसदमा भएको अवरोध हटाउने र संसदमा पेस भएको टीआरसी विधेयक पारित गर्ने सवालमा कुराकानी भयो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो।

गत फागुन २१ गते कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेपछि प्रधानमन्त्री प्रचण्ड र देउवाबीच पहिलो पटक भेटवार्ता भएको हो।

पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ। प्रधानमन्त्री प्रचण्ड गृहमन्त्रीको बचाउमा छन्।

१५ चैत, २०८०, १५:२०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।