विश्वकप छनोटमा नेपाल बहराइनसँग ३-० गोलले पराजित

विश्वकप छनोटमा नेपाल बहराइनसँग ३-० गोलले पराजित

काठमाडौं : फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट अन्तर्गत बहराइनसँग नेपाल ३-० गोल अन्तरले पराजित भएको छ।

बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरे। नेपालले तीनै गोल पहिलो हाफमा खाएको थियो।

जितसँगै बहराइन समूह एचमा ४ खेलमा ९ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ। नेपाल भने चार अंकविहीन भएर पुच्छारमा छ।

यस समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।

अब नेपालले विश्वकप छनोट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका छ।

यसअघि भएको बहराइनमै भएको पहिलो खेलमा नेपाल ५-० गोलले पराजित भएको थियो।

१४ चैत, २०८०, ०७:४८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।