१०.१४ अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो

१०.१४ अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो

काठमाडौं : सेयर बजार परिसूचक नेप्से मंगलबार १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा पुगेको छ।

सोमबार दोहोरो अंकको गिरावट आएको बजारमा आज सूचकमा सुधार भए पनि कारोबार रकम भने बढेको छैन।

कारोबार रकम २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ छ। सोमबार बजार घट्दा पनि कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ थियो।

गत साताको अन्तिम दिन बिहीबार ४ अर्ब ३१ करोडको कारोबार भएको थियो।

आज १६८ कम्पनीका सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ। १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

१३ मध्ये फाइनान्स, जीवन बीमा र व्यापार उप-समूहबाहेक सबै बढेकाले परिसूचक बढेको हो।

घटेको बजारमा पनि दोल्ती पावर कम्पनी र सर्वोत्तम सिमेन्टका सेयर बढेर पोजेटिभ सर्किट लागेको छ।

सर्वोत्तम सिमेन्टको सेयरमा लगातार पाँचौ दिन पोजिटिभ सर्किट लागेर प्रति कित्ता ८ सय ९५ रुपैयाँ पुगेको छ। बढेको अर्को कम्पनीमा वीन नेपाल लघुवित्त छ।

सर्वाधिक कारोबार हुनेमा शिवम् सिमेन्ट छ। उक्त कम्पनीको ९ करोड ३१ लाखको सेयर किनबेच भएको छ।

यस्तै सोनापुर मिनरल्सको ८ करोड ५७ लाखको सेयर कारोबार भएको छ।

आज सर्वाधिक घटेकाको सूचीमा धौलागिरी लघुवित्त पहिलो नम्बरमा छ। भगवती हाइड्रोपावर, कुमारी धनवृद्धि योजना, लक्ष्मी भ्यालु फण्ड-२, मानुषी लघुवित्त लगायत घटेका छन्।

१३ चैत, २०८०, १५:५८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।