७२ घण्टा चल्ने दाबी गर्दै अनरको एक्स७बी आउँदै

७२ घण्टा चल्ने दाबी गर्दै अनरको एक्स७बी आउँदै

काठमाडौं : ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले आफ्नो नयाँ बजेट स्मार्टफोन अनर एक्स७बी नेपाली बजारमा आउने भएको छ।

लामो समयसम्म चल्ने ६ हजार एमएएच ब्याट्री, १०८ एमपी  मेन क्यामेरा र २५६ जीबी स्टोरेज सहितको फोन आगामी हप्ता नेपाली बजारमा सार्वजनिक गर्न लागिएको हो।

कम्पनीले एक चार्जमा तीन दिनसम्म ब्याट्री चल्ने दाबी गर्दै १८ घण्टासम्मको भिडियो स्ट्रिमिङ, २४ घण्टा सोशल मिडिया ब्राउजिङ वा ६९ घण्टा संगीत स्ट्रिमिङलाई समर्थन गर्नसक्ने बताएको छ।

फोनमा भएको १०८ एमपी मुख्य क्यामेराले नाइन इन वान पिक्सेल बिनिङलाई समर्थन गर्दछ, जसले कम प्रकाशको चुनौतीपूर्ण अवस्थामा पनि क्यामेरालाई उज्यालो र ज्वलन्त शटहरू खिच्न सक्षम पार्छ।

९१.३ प्रतिशत स्क्रिन-टु-बडी अनुपातको साथ ६.८ इन्च अनर फूल भ्यू डिस्प्ले फिचर गरेको छ।

१३ चैत, २०८०, १२:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।