एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापत १ करोड २० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापत १ करोड २० लाख बीमा रकम भुक्तानी

काठमाडौं : एनआईसी एशिया बैंकले २०८० आषाढ १८ देखि फागुन १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालाहरूलाई प्रतिव्यक्ति १० लाखको दरले १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ।

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोल्नुभएका निज ग्राहक महानुभावहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो।

बैंकमा खाता खोलेकाहरू रचना गौचन, चक्र बहादुर कटुवाल, पार्वती श्रेष्ठ, पुन्य प्रसाद ढकाल र विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत रकम एवं एलिना न्यौपाने र निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनही १० लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ रकम प्रदान गरिएको हो।

उनीहरूले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन्।

त्यसैगरी राधेश्याम रजक साफी, तेज बहादुर सुवेदी, गणेश बहादुर गुरुङ, रिता कुमारी भुसाल र कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत १० लाख रुपैयाँका दरले ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो।

बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुपैयाँभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ।

१३ चैत, २०८०, १०:४६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।