वैशाखमा प्रेमी विष्णुसँग बिहे गर्दैछिन् गायिका एलिना, 'ब्रेकअप' भएको दुई महिनामै कसरी पग्लिएछ उनको मन !

वैशाखमा प्रेमी विष्णुसँग बिहे गर्दैछिन् गायिका एलिना, 'ब्रेकअप' भएको दुई महिनामै कसरी पग्लिएछ उनको मन !

काठमाडौं : 'धोकेबाज हौ तिमी' गीतबाट चर्चामा आएकी गायिका एलिना चौहान आगामी वैशाख ५ गते विवाह गर्दैछिन्।

उनले प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लागेकी हुन्।

एलिना आफैंले आफू अहिले निम्तो बाँड्ने र विवाहको अन्य काममा व्यस्त रहेको बताएकी छिन्।

केही समयअघि एलिनाले सामाजिक सञ्जालमा प्रेमी विष्णुसँगको तस्बिर राख्दै लेखेकी थिइन्, 'तिमीलाई सोचेर मेरा विपनाहरू बित्छन्। तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ। तिमीसँग हुँदा म जिउँदो अनुभव गर्छु।'

यसैबीच, गत माघमा उनको ब्रेकअप भएको खबर सार्वजनिक भयो। लगत्तै उनी आफैंले विष्णुसँग ब्रेकअप भएको स्विकार गरिन्।

अहिले फेरि उनै विष्णुसँग एलिनाको विवाह हुने कुराले उनका समर्थकहरूलाई आश्चर्य गराइदिएको छ। दुई महिनामै कसरी पग्लिइन् एलिना भन्ने प्रश्न जन्माइदिएको छ।

स्रोतका अनुसार ब्रेकअपको खबर सार्वजनिक भएपछि विष्णुले एलिनासँग माफी मागेका थिए। त्यसअघि नै उनीहरूको पारिवारिक सहमति विवाह नजिक थियो। त्यसैकारण पनि विष्णुको माफीपछि एलिनाको मन पुन: पग्लिएको बताइन्छ।

यद्यपि एकथरीले भने गीत 'कट्टा हान्दिन्छु' चलाउने फन्डाको लागि पनि उनले ब्रेकअपको खबर सार्वजनिक गरेको बताउने गर्छन्।

हुन त सेलिब्रेटीहरू आफ्ना सामग्रीहरू पस्किन अनेक फन्डा नगर्ने पनि होइनन्। त्यसैले पनि उनको त्यो फन्डा थिएन भन्न पनि सकिँदैन।

एलिनाले विवाह गर्न लागेका गीतकार समेत रहेका विष्णु बागलुङ निवासी हुन्। उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन्। एलिनाको स्थायी घर झापा हो।

गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेको बताइन्छ। 

१२ चैत, २०८०, २१:००:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।