नेपाललाई चौथो सफलता, गुल्सनले लिए दोस्रो विकेट

नेपाललाई चौथो सफलता, गुल्सनले लिए दोस्रो विकेट

काठमाडौं : आयरल्यान्ड वुल्भ्ससँग पहिलो टी२० खेलमा नेपालले चौथो सफलता हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नवौं ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको हो।

गुल्सन झाले कप्तान निल रकलाई कुशल मल्लको हातबाट क्याचआउट गरे। गुल्सन झाले लिएको यो दोस्रो विकेट हो।

उनले यसअघि माेर्गन टपिङलाई बोल्डआउट गरेका थिए। त्यसअघि ललितनारायण राजवंशी र करण केसीले आयरल्यान्ड उल्भ्सको एक-एक विकेट लिएका थिए।

टी२० विश्वकपको तयारी स्वरूप नेपालले आयरल्यान्डसँग यो खेल खेलेको हो। दोस्रो खेल मंगलबार खेलेपछि नेपाली राष्ट्रिय टोली मैत्रीपूर्ण सिरिजका लागि भारत जानेछ।

कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ।

१२ चैत, २०८०, १३:४९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।