दुई सयले बढ्यो सुन

दुई सयले बढ्यो सुन

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ।

गत साता शुक्रबारको तुलनामा सुनमा तोलाको दुई सय र चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शनिबार सुनको मूल्य सार्वजनिक नहुने र आइतबारसार्वजनिक बिदा परेकाले सुनको एकैचोटी सोमबार सुनचाँदीको मूल्य सार्वजनिक भएको हो।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलाको १ हजार ५१५ रुपैयाँ कायम भएको छ। 

१२ चैत, २०८०, ११:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।