'कांग्रेस, एमाले र माओवादीको गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई ढाल्न एक धक्का काफी छ'

'कांग्रेस, एमाले र माओवादीको गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई ढाल्न एक धक्का काफी छ'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा अब संघीयता, गणतन्त्र र धर्म निरपेक्षता धरमरको स्थितिमा रहेको बताएका छन्।

शनिबार झापाको बिर्तामोडमा आयोजित एक सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गणतन्त्र ढाल्न अब एक धक्का मात्र चाहिने बताए।

उनले भने, ‘यो गणतन्त्र, संघीयता र धर्म निरपेक्षता कांग्रेस, एमाले र माओवादीको हो। यी व्यवस्था ढाल्न अब एक धक्का काफी छ।’

ठूला भनिने पार्टीहरूले देश विकासमा कहिले ध्यान नदिएको भन्दै उनले देश विकासका लागि राप्रपाको नेतृत्व अनिवार्य भइसकेको बताए।

मिटरब्याज, सहकारी ठगी लगायत वित्तीय समस्यामा परेका नागरिकहरूको समस्या समाधानका लागि छुट्टै उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा राप्रपाका उपाध्यक्षद्वय बुद्धिमान तामाङ, रविन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाही लगायत नेताहरूले गणतन्त्र नेपालका लागि ‘घाँडो’ भएको बताएका थिए।

१० चैत, २०८०, २१:१०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।