एक्कासि बिजुलीको तार चुँडियो, आँगनमा उभिएका हजुरआमा र नातिको करेन्ट लागेर मृत्यु

एक्कासि बिजुलीको तार चुँडियो, आँगनमा उभिएका हजुरआमा र नातिको करेन्ट लागेर मृत्यु

काठमाडौं : दाङमा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

राप्ती गाउँपालिका-३ मसुरियास्थित विद्युतको तार चुडिएर करेन्ट लाग्दा दुई जनाको मृत्यु हुँदा एकजना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।

इप्रका भालुबाङका प्रमुख उज्जलबहादुर सिंहका अनुसार ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको हो। हजुरआमा र नाति घरको आँगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लाग्दा गम्भीर घाइते भएका ६० वर्षीय गोरखबहादुर केसीलाई उपचारको लागि बुटवल लगिएको छ।

एक्कासी बिजुलीको तार चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको थियो।

नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ।

१० चैत, २०८०, १६:२१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।