सुप्रिम सहकारीको बचतमध्ये जीवी राई समूहको नाममा ५० करोड बढी ऋण, रवि जोडिएको गोर्खामा ११ करोड

सुप्रिम सहकारीको बचतमध्ये जीवी राई समूहको नाममा ५० करोड बढी ऋण, रवि जोडिएको गोर्खामा ११ करोड

बुटवल : बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट ५७ व्यक्ति तथा संस्थाले २० लाख रुपैयाँभन्दा बढी रकमको ऋण लगेको पाइएको छ।

लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले सहकारीमाथि अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा व्यापारिक, हाउजिङ, मुद्दती, हायर पर्चेज, आवधिक लगायतका शीर्षकमा ऋण प्रवाह भएको उल्लेख छ।

यी व्यक्ति र कम्पनीहरूले सहकारीलाई तिर्नुपर्ने ब्याज मात्र ९ करोड १९ लाख १ सय रुपैयाँ भइसकेको छ।

व्यापारिक ऋण लिनेहरू
२० लाख रुपैयाँभन्दा बढी व्यापारिक ऋण लिनेको संख्या २१ छ। जसबाट सहकारीले लिनुपर्ने बाँकी सावा ऋण ६ करोड ३३ लाख ८१ हजार ८२ रुपैयाँ छ भने ८४ लाख १४ हजार ७८६ रुपैयाँ ब्याज रकम छ।

२० लाखभन्दा बढी ऋण लिनेहरूमा ममत गुरुङ (२० लाख), कृष्ण प्रधान (२० लाख), कृष्णलाल श्रेष्ठ (२५ लाख), अृमत कुमार थापा (४० लाख), मञ्चु भुसाल (६० लाख) रहेका छन्।

यस्तै, विक्रम गिरीले ३० लाख, प्रदीप कुमारले २० लाख तथा विशाल राई, विर बहादुर तामाङ, कपिल गौतमले ६०/६० लाख रुपैयाँ ऋण लगेका छन्।

यसैगरी विनोद श्रेष्ठ, योगेन्द्र गुरुङले ३०/३० लाख, ईश्वर राईले ३० लाख ३० हजार, सुरज काफ्लेले २१ लख ५० हजार, बन्नु थारुले ३१ लाख ३० हजार, प्रकाश ढकालले २० लाख, बविता गुरुङले २५ लाख २३ हजार, अर्जुन प्रसाद तेलीले २० लाख, रोशनप्रसाद थारुले ८० लाख र अमृत गहतराजले २० लाख रुपैयाँ ऋण लगेको प्रतिवेदनमा उल्लेख छ।

हाउजिङ ऋण लिनेहरू
हाउजिङ तर्फ १९ जनाले ११ करोड ४६ लाख ७९ हजार ऋण लगेका छन्। जसबाट २ करोड ८ लाख व्याज सहकारीले लिनुपर्ने देखिएको छ।

शुशिला रायमाझी क्षेत्रीले ६० लाख, नरेश जिसीले ५० लाख, नमिता अधिकारीले ७० लाख, नरेन्द्र भुसाल/सन्तोष भुसालले २९ लाख ५० हजार, राजु केसीले खाता नं. (१०५-००००३७१) बाट ३० लाख, राजु केसीले खाता नं. (१०५-००००३७२) बाट २८ लाख ५० हजार हाउजिङ ऋण लिएका हुन्।

यसैगरी तार गोदर नेपालले ४१ लाख, याङसिङ रेग्मीले ३० लाख, अरुणा राईले १ करोड, नवराज बेलबासे १ करोड २० लाख, हेमन्त अधिकारीले  १ करोड ३५ लाख, उमेश गुरुङले ३२ लाख ऋण लगेको प्रतिवेदनमा उल्लेख छ।

कुमार रम्तेलले खाता नं. १०५-०००००८७ बाट १ करोड ६० लाख र खाता नं. १०५-००००१०० बाट ५० लाख गरी २ करोड १० लाख रुपैयाँ ऋण लगेका छन्।

यसैगरी निरमया चौधरीले ६० लाख, नरेश झा अन्सारीले ७० लाख, मिना भण्डारीले २० लाख, विष्णुप्रसाद लोहनियाले ३५ लाख र विनिता जि.सीले ७५ लाख ऋण लगेका छन्।

मुद्दती ऋण लिनेहरू
मुद्दती ऋणतर्फ विनिता जिसीले ३० लाख र ईन्द्रध्वज मल्ल ठकुरीले ४५ लाख ऋण लगेको प्रतिवेदनमा देखिन्छ। हायर पर्चेच ऋणतर्फ नरेश जिसीले ०७८ भदौ १९ गते ३ वटा फरक-फरक खाताबाट १ करोड २५ लाख ऋण लगेका छन्। त्यस्तै विनिता जिसीले ३८ लाख ऋण लगेकी छन्।

आवधिक ऋण तर्फ अमृत बहादुर खड्का/निलज घिमिरेले ३५ लाख, विमर्श श्रेष्ठले ०७८ फागुन ३० गते दुई फरक फरक खाताबाट ४० लाख र विकास भण्डारीले २५ लाख ऋण लगेका छन्। विपिन्न प्रजापतिले २५ लाख, अमिस्ता कुँवर, सन्जु कुमार श्रेष्ठ र मनिषा कुँवरले ३०/३० लाख र दुर्गा चापागाईंले पाण्डेले ४६ लाख ऋण लगेका छन्।

जीबी राई एण्ड कम्पनीले कति लगे ऋण?

सुप्रिम सहकारीबाट जीवी राई समूहका विभिन्न कम्पनीले ५० करोड बढि ऋण लगेका छन्। ग्यालेक्सी टेलिभिजन चलाएको गोर्खा नेटवर्क प्रालिले फरक-फरक पाँच मितिमा ११ करोड २६ लाख १५ हजार ऋण लगेको छ। जसको बाँकी साँवा ऋण १२ करोड १४ लाख ८४ हजार र ब्याज मात्र १ करोड ८२ लाख ३९ हजार छ। जीवी यसको अध्यक्ष हुन् भने वर्तमान गृहमन्त्री रवि लामिछाने यो कम्पनीको प्रवन्ध निर्देशक थिए। 

त्यस्तै जीपी ग्रुप एण्ड कम्पनी लिमिटेडले सुप्रिम सहकारीबाट १४ करोड २६ लाख २३ हजार ऋण लगेको छ। जसको ब्याज रकम मात्र १ करोड ३० लाख छ। उसले फरक-फरक सात वटा मितिमा ऋण लगेको हो।

स्प्रीङ उड रियल स्टेड हाउजिङ प्रालिले १५ करोड ५० लाख ऋण लगेको छ। उक्त कम्पनीले तिर्नुपर्ने ब्याज १ करोड ८ लाख भइसकेको छ। यो जीवी राइकै कम्पनी हो।

त्यसैगरी जिवी समूहको नेचर नेष्ट प्रालिले विभिन्न तीन मितिमा १८ करोड ऋण सुप्रिम सहकारीबाट लगेको छ। यसले ब्याज बापतको २७ लाख ३७ हजार रुपैयाँ तिर्नुपर्ने प्रतिवेदनबाट देखिन्छ।

सहकारीका संस्थापक अध्यक्ष समेत रहेका जीबी राईले ५ करोड ७२ लाख ६१ हजार ऋण लगेका छन्। उनले ०७५ माघ १५ मा पहिलोपटक, ०७७ असार ९ गते दोस्रोपटक र ०७८ असार ३१ गते तेस्रोपटक ऋण लगेका थिए। सहकारीमा उनले तिर्नुपर्ने ब्याज ७७ लाख ८६ हजार भइसकेको छ।

पक्राउ परेका पाँच जनामाथि छानविन जारी
सहकारीको विषयमा इलाका प्रहरी कार्यालय, बुटवलले अहिले छानबिन गरिरहेको छ। कार्यालयका प्रमुख डिएसपी विजयराज पण्डितले सुप्रिम सहकारीसँग जोडिएका पाँच जना पक्राउ परिसकेको बताए।

प्रहरीले गत फागुन ४ गते सहकारीका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

त्यस्तै सहकारीका सञ्चालक र कर्मचारीका रूपमा रहेका कुमार रम्तेल र सहकारीको आईटी प्रमुख भविश्वर अर्याललाई पनि पोखराबाट बुटवल ल्याएर अनुसन्धान गरिरहेको डिएसी पण्डितले बताए।

त्यस्तै सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप लागेका संस्थाका पूर्वसचिव दिपेश पुनमाथि पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

जीवी समूहको सहकारी ठगी सम्बन्धी समाचार

 

१० चैत, २०८०, १०:४०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।