मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि कांग्रेसले भन्यो- 'अब सशक्त प्रतिपक्षीको भूमिका निभाउछौं'

मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि कांग्रेसले भन्यो- 'अब सशक्त प्रतिपक्षीको भूमिका निभाउछौं'

काठमाडौं : नेपाली कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

शुक्रबार सरकारबाट समर्थन फिर्ता लिएको पत्र कांग्रेस संसदीय दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाएको हो।

कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले सरकारबाट समर्थन फिर्ता लिएपछि भने, ‘अब कांग्रेस प्रतिपक्षको भूमिका निर्वाह गर्छ।’

सत्ता समीकरण बदलिएपछि जसपाका मुख्यमन्त्री सरोज कुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गरेका थिए।

कांग्रेसबाट दलका नेता यादव भौतिक पूर्वाधार विकास मन्त्री, विरेन्द्र सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद समिम गृह, संचारमन्त्री तथा कानून मन्त्री थिए।

कांग्रेसलाई सरकारबाट हटाएर मुख्यमन्त्री यादवले तीनै मन्त्रालय एमालेलाई दिएको छ। एमालेबाट दलका नेता सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्। उनलाई नै गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अहिले मधेश प्रदेश सरकारमा जसपा, एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र लोसपा छन्।

संघको गठबन्धनमा लोसपा नरहे पनि प्रदेश सरकारलाई समर्थन कायम राखेको छ भने जनमत पार्टीले भने यसअघि नै समर्थन फिर्ता लिइसकेको छ।

९ चैत, २०८०, २१:२२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।