८ बढी फिल्म खेलिसक्दा पनि छायाँमै परिरहेकी आँचल : दयाहाङसँग देखिँन पाउँदा मख्खै!

८ बढी फिल्म खेलिसक्दा पनि छायाँमै परिरहेकी आँचल : दयाहाङसँग देखिँन पाउँदा मख्खै!

काठमाडौं : अभिनेत्री आँचल शर्माले दर्जनौं फिल्ममा काम गरिसकेकी छन्। तर दर्शकमाझ भने उनी अझै अपरिचित जस्तै छिन्।

उनले आठ वर्षअघि फिल्म ‘नाई नभन्नु ल ४’ बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी थिइन्।

पहिलो फिल्मले सफलता दिलाए पनि दर्शकमाझ नोटिसमा पर्न सकिनन्। त्यसको फाइदा अभिनेत्री वर्षा राउत र अभिनेता पल शाहले लिँदा आँचल छायाँमै हराइन्।

म्युजिक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी आँचलले त्यसपछि फिल्म ‘जोनी जेण्टलम्यान’मा अभिनय गरिन्। यो फिल्म पुरै असफल भयो।

ठूला ब्यानर भनिएका फिल्म ‘शत्रु गते’, ‘दालभात तरकारी’मा पनि अभिनय गरिन्। तर स्टार कलाकारहरूको भीडमा उनी हराइन्।

फिल्ममेकर बाहेक सीमित दर्शकमा परिचित बनेकी आँचलले कुनै सफल ब्यानरमा चलेको अभिनेतासँग काम गर्ने इच्छा गरेकी थिइन्। उनले एक अन्तवार्तामा आफूले सफल निर्देशक चुनिएका रामबाबु गुरुङको निर्देशनमा फिल्म खेल्ने चाहना राखेको बताएकी थिइन्।

शुक्रबार उनी अभिनित पछिल्लो फिल्म ‘डिग्री माइला’को ट्रेलर रिलिज कार्यक्रममा उनले आफ्नो कुरा राख्दै रामबाबुको निर्देशनमा फिल्म खेल्ने चाहना आज पूरा भएको भन्दै हौसिइन्।

उनको कुरा सुनेर रामबाबु मुस्कुराए।

‘रामबाबु गुरुङसँग काम गर्न इच्छा सबैलाई लाग्छ र मैले पोडकास्टमै भनेको थिए, राम दाइसँग काम गर्न इच्छा छ भनेर। उहाँले सुनिदिनुभएछ क्यारे! राम दाइ मात्र नभएर उहाँको सिंगोटिमसँग होल प्याकेज जस्तो लाग्छ।’

फिल्म ‘कबड्डी’ जस्तो सफल फिल्म बनाएका रामबाबुको गुनगान गाउँदा गाउँदै उनले छेवैमा रहेका दयाहाङ राईलाई स्टारको उपाधि दिन समेत भ्याइन्।

दयालाई हेर्दै उनले भनिन्, ‘मेरो छेउमा स्टार बसिरहनुभएको छ।’

आँचलको कुरा सुनेर दयाले जवाफ फर्काए, ‘मलाई भन्नु भएको?’ आँचलले ‘अँ’ भनेपछि झन् उनी लाजले भुतुक्कै भए।

माहोल निकै रमाइलो बनाएकी आँचलले 'यो टिममा काम गर्ने सबै स्टार नै हो तर दयाले अलिक चम्किलो र हिट फालिरहनु भएको छ' भन्दै दयाको प्रशंसामा जुटिन्।

बोल्ड अवतारमा सिटी सेन्टरको बिग मुभिजमा उपस्थित भएकी आँचल अधिकांश क्यामेरामेनमा नजरमा परेकी थिइन्।

यही फिल्मको गेष्ट भूमिकामा अभिनय गरेकी ऋचा शर्मालाई त्यति पत्रकारले घेरेको देखिएन। बरु आँचल र दयाकै फोटो र भिडियो खिच्न पत्रकारहरू तस्सिएका थिए।

सबैसँग स्टेजमा बसेका अर्का अभिनेता बुद्धि तामाङलाई भने कसैले वास्ता गरेनन्।

उनलाई अन्तमा एक पत्रकारले फिल्मको बारेमा आफ्नो धारण राखे। तर, उनी यस बारेमा धेरै बोल्ने मन थियो तर हवस् यति नै बोल्छु भनेर टारिए।

रामबाबु गुरुङको निर्देशनमा बनेको यो फिल्ममा दया, आँचल, बुद्धिका अलावा कमलमणि नेपाल र अतिथि भूमिकामा ऋचा शर्माको अभिनय रहेको छ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा सुष्मा प्रोडक्शनको सहकार्यमा निर्माण भएको यो फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार, सुष्मा गुरुङको लगानी छ।

फिल्ममा कृष्ण लामा कार्यकारी निर्माता रहेका छन्।

९ चैत, २०८०, १९:५२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।