बसमा काठमाडौंबाट घर जाँदै गरेका काफ्लेको धादिङमै मृत्यु

बसमा काठमाडौंबाट घर जाँदै गरेका काफ्लेको धादिङमै मृत्यु

धादिङ : बसमा काठमाडौंबाट सुनसरीस्थित घर जाने क्रममा एक जनाको मृत्यु भएको छ।

गएराति साढे ८ बजे बा.प्र.०१-००६ ख ५१७४ नम्बरको बसमा काठमाडौंबाट सुनसरीस्थित घर जाने क्रममा बराह नगरपालिका-८ का ३७ वर्षीय बिपिन काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

महादेवबेशीमा आइपुग्दा काफ्लेको श्वासप्रश्वासमा एक्कासी समस्या देखिएपछि सोही स्थानको स्थानीय मेडिकलमा जाँच गराइएको थियो।

जाँचपछि सोही बसमा जाँदै गरेको अवस्थामा गजुरी गाउँपालिका-२ मलेखु पुग्दा झनै स्वास्थ्यमा समस्या देखिएपछि मलेखु स्थित टिचिङ अस्पतालमा उपचारको लागि लगिएको थियो।

उपचारकै क्रममा काफ्लेलाई डाक्टरले मृत घोषणा गरेको र शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ। मृतकको साथमा निजको ज्वाईं प्रदिप खत्री छन्।

८ चैत, २०८०, ०८:५०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।