गृहमन्त्री​​​​​​​ रवि र अर्थमन्त्री वर्षमानको राजीनामा माग गर्दै नेबिसंघले निकाल्यो राँके जुलुस

गृहमन्त्री​​​​​​​ रवि र अर्थमन्त्री वर्षमानको राजीनामा माग गर्दै नेबिसंघले निकाल्यो राँके जुलुस

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठन (नेबिसंघ)ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ।

मंगलबार साँझ उनीहरूले पाटन क्याम्पस गेट अगाडि नाराबाजीसहित राँके जुलुस नै निकालेका छन्।

वर्तमान सरकारका मन्त्रीहरू सहकारीकाे रकम अपचलन, सुन तस्करी, दाेहाेराे नागरिकतासहितका काण्डमा मुछिएकाले विरोधस्वरूप राँके जुलुस निकालिएको नेबिसंघ ललितपुर जिल्ला अध्यक्ष सराेज घाेरासैनीले बताए।

कांग्रेसले संसद्‌मा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ।

गृहमन्त्री लामिछानेले राजीनामा नदिए संसद अवरुद्ध गर्ने कांग्रेसले चेतावनी समेत दिएको छ।

६ चैत, २०८०, २०:५०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।