पुटिन पाँचौंपटक रूसको राष्ट्रपति बन्ने पक्का

पुटिन पाँचौंपटक रूसको राष्ट्रपति बन्ने पक्का

एजेन्सी : भ्लादिमिर पुटिन पुनः रूसको राष्ट्रपति निर्वाचित हुने निश्चित भएको छ।

तीन प्रतिस्पर्धीलाई पछि पार्दै पुटिन पाँचौँपटक रुसको राष्ट्रपति निर्वाचित हुन लागेका हुन्।

गणना अन्तिम चरणमा पुग्दा ८७ प्रतिशत मत पुटिनको पक्षमा भएको बताइएको छ।

रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा मतदान भइरहेको छ।

पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिएका छन्।

कतिपय स्थानमा उनका समर्थकले विजयोत्सव मनाउन शुरु गरिसकेको बीबीसीले जनाएको छ। जितसँगै पुटिन सन् २०३० सम्म सत्तामा रहने छन्। 

रुसमा प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुने गरेको थियो। तर सन् २००८ मा कार्यकालको अवधि ६ वर्षका लागि बनाइएको थियो।

५ चैत, २०८०, ०८:२३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।