'सरुवा-बढुवाको लागि सोर्सफोर्स लगाउन खोजेको थाहा पाउनुभयो भने उजुरी गर्नुस्, ०.५ नम्बर घटाइनेछ'

'सरुवा-बढुवाको लागि सोर्सफोर्स लगाउन खोजेको थाहा पाउनुभयो भने उजुरी गर्नुस्, ०.५ नम्बर घटाइनेछ'

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अनुचित नियुक्ति, सरुवा वा बढुवाका लागि सोर्सफाेर्स लगाउन खोज्नेको मूल्याङ्कनमा ०.५ नम्बर घटाउने चेतावनी दिएकी छन्।

आफ्नो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै साइनो लगाएर कुनै किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाउन खोज्नेको मूल्याङ्कनमा नम्बर घटाउने बताएकी हुन्।

‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाएको खण्डमा उजुरी गर्न समेत सबैमा अनुरोध गरेकी छन्।

उजुरीहरूमाथि अनुसन्धान गरेर तत्काल कारबाही गर्ने उनको भनाइ छ।

आइतबार मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन्, 'शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ। ‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला: [email protected] । हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ। '

उनले थप लेखेकी छन्, 'कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै मलाई खबर गर्नुहोला। निर्ममतापूर्वक कारबाही हुनेछ।'

४ चैत, २०८०, १३:०६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।