रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक भारतीय नागरिकको ज्यान गयो, ४ घाइते

रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक भारतीय नागरिकको ज्यान गयो, ४ घाइते

काठमाडौं : चितवन-नारायणगढ मुग्लिन सडक अन्तर्गतको जलबिरेमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए।

उनी रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेका थिए। सनिबार राति टायर पञ्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किँदा उनको मृत्यु भएको हो।

ग १ ख ८५२४ नम्बरको उक्त बस इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकिराखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ।

अन्य चारजना घाइते छन्। तीन जनाको अवस्था मध्यम र एकजना सामान्य छन्।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।

४ चैत, २०८०, ०८:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।