भोजपुरमा बालबालिका खेलिरहेको ठाउँमा आगलागी भएपछि एकै परिवारका ३ जनाको मृत्यु

भोजपुरमा बालबालिका खेलिरहेको ठाउँमा आगलागी भएपछि एकै परिवारका ३ जनाको मृत्यु
प्रतिकात्मक तस्बिर

काठमाडौं : भोजपुरको हतुवागडी गाउँपालिका-७ मा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुसार आगलागीमा परी एक बालिका र दुई बालकको मृत्यु भएको हो।

आगोमा जलेर मृत्यु हुनेमा ५ वर्षीय प्रनिश कार्की, ७ वर्षीय दिपसिखा कार्की र ३ वर्षीय दियुनिष कार्की रहेका छन्।

प्रहरीका अनुसार बालबालिका खेलिरहेको ठाउँमा आगलागी भएपछि उनीहरूको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण भने खुलिसकेको छैन।

३ चैत, २०८०, २१:५५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।