जंगलमा डढेलो लागेको थियो, बस्तीमा पस्दा ६ घर जलेर नष्ट

जंगलमा डढेलो लागेको थियो, बस्तीमा पस्दा ६ घर जलेर नष्ट

काठमाडौँ : भोजपुरको भोजपुर नगरपालिका-१२ को मालबासे टोलमा आगलागी हुँदा केही घर जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता इन्स्पेक्टर दलकुमार राईका अनुसार नजिकैको टक्सार जंगलबाट बस्तीमा पसेको डढेलोबाट ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन्।

उनले आगलागीबाट कुनै मानवीय क्षति नभएको बताए।

हावाहुरीका कारण आगो नियन्त्रणमा ढिलो भए पनि अहिले लगभग नियन्त्रणमा आइसकेको उनले जानकारी दिए।

३ चैत, २०८०, १७:५४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।