प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन

प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन

काठमाडौं : प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ।

विहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अपरान्ह चार बजेका लागि बोलाइएको प्रतिनिधि सभाका महसचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

११ बजेको बैठक पनि नेपाली कांग्रेसले अवरुद्ध गर्ने भनिएपछि सहमतिका लागि छलफल भइरहेको छ।

सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग नेपाली कांग्रेसले राख्दै आएको छ।

कांग्रेसको यही अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन।

संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत कांग्रेसको अवरोधका कारण पारित हुन सकेको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा दलका शीर्ष नेताहरूसँग बैठक बसिरहेका छन् भने सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिरहेका छन्।

जेठ ३, २०८१ बिहीबार १२:४४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।