पूजा र सुस्मा : पहिले एकअर्कालाई हान्नै खोज्थे, अहिले दिनहुँ भिडियो कल नगरी सुत्नै सक्दैनन्

पूजा र सुस्मा : पहिले एकअर्कालाई हान्नै खोज्थे, अहिले दिनहुँ भिडियो कल नगरी सुत्नै सक्दैनन्

काठमाडौं : अभिनेत्रीद्वय सुस्मा कार्की र पूजा शर्मा भेटघाट हुँदा एक आपसमा कहिल्यै बोल्दैन थिए। भेट भइहाल्यो भने पनि आ-आफ्नो धुनमा हुन्थेँ कि हान्ने गोरूझैं एकअर्कालाई झम्टिन खोज्थे।

उनीहरूबीचको यस्तो अवस्थालाई लिएर धेरै गसिप समेत बनेका छन्।

उनीहरू भेट हुँदा मात्र होइन, सामाजिक सञ्जालमा र अन्तवार्तामा समेत एकअर्कालाई देखिसहँदैन थिए।

एक अन्तवार्तामा त अभिनेत्री सुस्मालाई पूजा शर्मा कस्तो लाग्छिन् भन्ने प्रश्नमा उनले 'छिछिछि त्यसको कुरै नगरौं' भन्दै मुख बटारेकी सम्म थिइन्। यता पूजाले पनि सुस्माको बारेमा कुरै सुन्न चाहँदैन थिइन्।

एक अर्काको खोइरो खन्ने अभिनेत्रीहरू यतिबेला भने छिनछिनमा गफ नगरी बस्नै सक्दैनन् भन्दा दर्शकलाई अचम्म लाग्न सक्ला। तर यो कुरा साँचो कुरा हो।

अहिलेको उनीहरूको सम्बन्ध हेर्दा लाग्छ, कुनै समय झगडा गर्थे र?

अष्ट्रेलियामा रहेकी सुस्मा र नेपालमा रहेकी पूजाबीच भिडियो कल गरेर आफ्ना कुराहरू सेयर हुन्छन्। फिल्म ‘उपहार’को सुटिङको समयमा भेटघाट हुँदा समेत नबोलेका पूजा र सुस्मा रिलिजपछि भने दोस्ती बनेका छन्।

उनीहरुको गफ प्रदर्शनरत फिल्म ‘उपहार’ र अन्य बारेमा हुने गरेका छन्। उनीहरू निकटमा अनुसार पूजा र सुस्मा दिनमा एक चोटि भिडियो कल नगरी सुत्दै सुत्दैनन्।

उनीहरुको मित्रता यति बलियो बनेको छ कि त्यसको अनुमान कमैले मात्र लगाउन सक्छन् होला। त्यति उनीहरूबीचको मित्रता बढेको छ। ठ्याक्कै, अहिलेको राजनीतिक परिवेश जस्तै।

कुनै बेला पानी बाराबार रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जस्तै। उनीहरूबीचको दुश्मनी सकिएझैँ पूजा र सुस्माको पनि सकिएकै हो त?

जे होस् सानो फिल्म बजारमा दुश्मनी गर्नु पनि हुँदैन। हैन र?

३ चैत, २०८०, १६:५२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।