अञ्जु पन्तको ‘माया केवल माया’मा शितल र चन्द्रकुमारीको रोमान्स

अञ्जु पन्तको ‘माया केवल माया’मा शितल र चन्द्रकुमारीको रोमान्स

काठमाडौँ : गायिका अञ्जु पन्तको स्वरमा ‘माया केवल माया’ गीतको भिडियो सार्वजनिक भएको छ।

निर्माण टिमले गीतको भिडियोलाई ओएसआरको आधिकारिक युट्युब च्यानलमार्फत अपलोड गरिएको छ।

आफ्नो प्रेमीको यादमा प्रेमीकाको तड्पाईलाई गीतको भिडियोमार्फत प्रस्तुत गरिएको देख्न सकिन्छ।

गीतलाई पुष्पा खनालले लेखेकी हुन् भने संगीत सरोज कोइरालाले भरेका छन्। गायिका अञ्जुलाई संगीतकार सरोजले स्वरमा समेत साथ दिएका छन्।

राजु शाह र गोपाल ढकाल (छन्दे)ले निर्देशन गरेको भिडियोमा नायक तथा मोडल शितल केसी र चन्द्रकुमारी राईले अभिनय गरेका छन्। दुवैलाई गीतको भाव अनुसार निर्देशकले प्ले गराएका छन्।

गीतको भिडियो रिलिज गरेपछि निर्देशक ढकालले सन्सार नै मायामा अडिएको छ भन्ने थिममा बनेको गीत र भिडियोलाई हरेक वर्गका दर्शकहरुले मन पराउने बताए।

उनले भने, हामीले यो गीतको भिडियो निर्माणमा निकै समय खर्चिएका छौं। यसकारण दर्शकले यो गीत र भिडियोलाई मन पराउनेमा विश्वस्त रहेका छौ।’

ललितपुरको बोटानिकल गार्डेन र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको प्रस्तुतकर्ताका रुपमा श्रीदेव भट्टराई रहेका छन्।

गोबिन्द मधुर आचार्यले एरेन्ज गरेको गीतमा अजय रेग्मीको छायाँकन, एलिजा सैजवालको श्रृंगार र दिन्सन शाहको सम्पादन/कलर करेक्शनको काम भिडियोमा देख्न सकिन्छ।

३ चैत, २०८०, १६:०४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।