गठबन्धन कार्यदलको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री दाहाललाई बुझाउने तयारी

गठबन्धन कार्यदलको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री दाहाललाई बुझाउने तयारी

काठमाडौं : सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आजै प्रधानमन्त्री पुष्पकमल दाहालले बुझ्ने भएका छन्।

दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज  प्रधानमन्त्रीलाई बुझाउन लागेको कार्यदलका एक सदस्य मनिष सुमनले जानकारी दिए।

कार्यदलले बिहान साढे ९ बजे बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर  उक्त कार्यक्रम बुझाउने तयारी गरेको छ।

कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल सहभागी छन्।

यस्तै जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन्।

सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौति समाधान, आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने विषयलाई प्राथमिकता दिइएको बताइएको छ।

३ चैत, २०८०, ०९:३८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।