स्नातक तह दोस्रो वर्षको परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा

स्नातक तह दोस्रो वर्षको परीक्षा तालिकामा त्रुटी, क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्नातक तह दोस्रो वर्षको परीक्षा तालिकामा त्रुटी भेटिएको छ।

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार साँझ सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटी भेटिएको हो।

चार वर्षे मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित परीक्षा चैत २८ गतेदेखि वैशाख १४ गतेसम्म हुनेछ।

जसमा बीबीएस दोस्रो वर्षको परीक्षा तालिका चैत ३१ गतेका लागि तोकिएको छ। जबकी चैत महिनाको अन्तिम दिन ३० गते मात्र छ।

परीक्षा नियन्त्रण कार्यालयले चैत ३१ गते बीबीएस दोस्रो वर्षको ‘म्याक्रोइकोनोमिक्स फर बिजनेस’ परीक्षा तोकेको छ।

हेर्नुहोस् परीक्षा तालिकाः-

२ चैत, २०८०, २०:२०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।