पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

काठमाडौं : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन्।

ललितपुरको झम्सिखेलबाट शुक्रबार साँझ पुनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गर्यो।

स्रोतले भन्यो, ‘पुनलाई ललितपुरको झम्सिखेलबाट भर्खरै पक्राउ गरिएको छ।’

पुनको सुन तस्करीको नाइकेमध्येका एक दावा छिरिङ र तस्करीमै पक्राउ परेका अन्य चिनियाँसँग सिधा सम्पर्क देखिएको थियो।

अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई बयान र अनुसन्धानका क्रममा सीआईबीले सामान्य सोधपुछ मात्र गरेको थियो।

सुन तस्करी सम्बन्धी अनुसन्धान गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले गरेको सिफारिसको आधारमा उनलाई पक्राउ गरिएको हो।

२ चैत, २०८०, १९:२४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।