प्यालेस्टाइन : राष्ट्रपति महमूद अब्बासद्वारा आफ्ना आर्थिक सल्लाहकारलाई प्रधानमन्त्री नियुक्त

प्यालेस्टाइन : राष्ट्रपति महमूद अब्बासद्वारा आफ्ना आर्थिक सल्लाहकारलाई प्रधानमन्त्री नियुक्त

एजेन्सी : राष्ट्रपति महमुद अब्बासले आफ्ना आर्थिक सल्लाहकार मोहम्मद मुस्तफालाई प्यालेस्टिनी प्राधिकरणको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।

२६ फेब्रुअरीमा मोहम्मद सतेहले राजीनामा दिएपछि यो पद खाली थियो। सन् २०१४ मा इजरायलको आक्रमणपछि गाजाको पुनर्निर्माणमा मुस्तफाले महत्वपूर्ण भूमिका खेलेका थिए।

गाजामा जारी युद्धपछि अमेरिकाले प्यालेस्टिनी प्राधिकरणको भूमिका परिवर्तन गर्ने योजना बनाएको बेला मुस्तफाको नियुक्ति भएको हो।

गाजामा युद्ध समाप्त भएपछि हमासको सट्टा प्यालेस्टिनी प्राधिकरणले त्यहाँको सत्ताको जिम्मेवारी लिनुपर्ने अमेरिकी चाहना छ।

तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको यो योजनाको कडा विरोध गरिरहेका छन्। अर्कोतर्फ गाजामा इजरायलको आक्रमण अझै रोकिएको छैन।

प्यालेस्टिनी प्राधिकरणको प्रमुख राष्ट्रपति हो, जसलाई वेस्ट बैंक र पूर्वी जेरुसेलमका जनताले चुन्छन्। महमूद अब्बास सन् २००५ देखि प्यालेस्टिनी प्राधिकरणको प्रमुख रहेका छन्।

२ चैत, २०८०, १०:३३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।