आफ्नो सरकार बने गरिब परिवारको एक महिलालाई एक लाख रुपैयाँ दिने कांग्रेसको घोषणा

आफ्नो सरकार बने गरिब परिवारको एक महिलालाई एक लाख रुपैयाँ दिने कांग्रेसको घोषणा

एजेन्सी : भारतमा कांग्रेस आईले केन्द्रमा आफ्नो सरकार बनेमा प्रत्येक गरिब परिवारका एक महिलालाई वार्षिक एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।

पार्टीले २०१९ चुनावी घोषणापत्रको महत्वपूर्ण घोषणा ‘न्याय’ अर्थात् न्यूनतम आय योजनाको रकम बढाएर यो आश्वासन दिएको हो।

२०१९ को चुनावमा कांग्रेसले देशका पाँच करोड परिवारलाई मासिक ६ हजार अर्थात वार्षिक ७२ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो।

यसपटक पार्टीले पुरानो वाचाअनुसार घोषणा गरेको रकम वार्षिक १ लाख रुपैयाँ पुर्याएको छ। यस्तै उसले केन्द्रीय सरकारी जागिरमा महिलालाई ५० प्रतिशत आरक्षण दिने वाचा गरेको छ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले बुधबार एक भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

महाराष्ट्रको धुलेमा महिला र्यालीलाई सम्बोधन गर्दै राहुल गान्धीले पाँच ‘महिला न्याय’ ग्यारेन्टी गर्ने वाचासमेत गरे।

१ चैत, २०८०, ०८:४५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।