फिल्म रिलिज भएको दुई दिनसम्म समीक्षा नलेख्न अदालतको आदेश

फिल्म रिलिज भएको दुई दिनसम्म समीक्षा नलेख्न अदालतको आदेश

काठमाडौं : फिल्मलाई लिएर कैयौं पटक यस्ता मुद्दा देखिएका छन्, जहाँ अदालतले हस्तक्षेप गर्नुपरेको छ। चाहे त्यो सेन्सर बोर्डको मामला होस् या फिल्मसँग जोडिएका विवाद नै किन नहुन्। यस्तो अवस्थामा अदालतले आफ्नो किसिमले फैसला दिनुपर्ने अवस्था आउँछ नै।

भारतमा पछिल्ला दिनमा सामाजिक सञ्जालमा फिल्म समीक्षाको नाममा नकारात्मक समीक्षाको लहर नै चलेको छ। यसले फिल्मको आम्दानीमा असर गर्ने गरेको देखिएको छ। अब यो मुद्दामा केरलाको उच्च अदालतले फैसला सुनाउँदै नयाँ निर्देशिका जारी गरेको छ।

‘केही यस्ता व्यक्ति छन्, जो फिल्म रिलिज हुनासाथ सामाजिक सञ्जालमा त्यसको समीक्षा गर्छन’, अदालतले भनेको छ, ‘एक तहका व्यक्तिहरू पैसा र पुरस्कारको लालचमा यस्ता काम गर्ने गर्छन्। पैसा र पुरस्कार नपाउनेले फिल्मको नकारात्मक समीक्षा गर्छन्। यहीकारण नकारात्मक समीक्षाको घटना बढ्दै गएको छ। यसलाई रोकथाम गर्न फिल्म रिलिजको ४८ घण्टासम्म समीक्षा गरिनेछैन।’

यतिमात्र होइन, अदालतले यो मुद्दामा एक पोर्टल गठनको समेत सुझाव दिएको छ। एमिकस क्युरीले अदालतमा पेश गरेको प्रस्ताव अनुसार सबै फिल्म समीक्षक र ब्लगरहरुलाई यो नियम पालन गर्न भनिएको छ।

नकारात्मक समीक्षालाई लिएर सबैभन्दा पहिला मलायलम फिल्म उद्योगका प्रख्यात निर्देशक उबैनी ईले आपत्ति जनाएका थिए।

गत वर्षको २३ अक्टोबर, २०२३ मा फिल्म ‘राहेल माकन कोरा’का यी निर्देशकले कोच्ची सिटी पुलिस स्टेसनमा उजुरी दर्ता गराउँदै आफ्नो फिल्मविरुद्ध सामाजिक सञ्जालमा नकारात्मकता फैलाइएको र आफूलाई जानीबुझी अपमान गर्ने प्रयास गरिएको उल्लेख गरेका थिए।

१ चैत, २०८०, ०८:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।