फोटो सुटमा छल्किएको आमा-बा बन्दै गरेका सलोन र करिश्माको खुसी

फोटो सुटमा छल्किएको आमा-बा बन्दै गरेका सलोन र करिश्माको खुसी

काठमाडौँ : गत वर्ष विवाह गरेका  नायक सलोन बस्नेत र एयर होस्टेज करिश्मा केसी आमा-बा बन्दैछन्। आमा-बा बन्नु खुसीको क्षण हो नै। अझ विशेषतः गर्भावस्था महिलाका लागि निकै रोमाञ्चक अनुभव हुन्छ नै।

 यी दुवैले यही नयाँ खुसी तस्बिर खिचेर सार्वजनिक गरे। जिन्सको पोसाकमा खिचिएका उनीहरूको तस्बिर निकै सुन्दर पनि छ। प्रेग्नेन्सी फोटो सुट गरेर सामाजिक सञ्जालमा राखिएको दुवैको तस्बिरमा आमा-बा हुँदै गर्दाको खुसी दुवैको मुहार प्रस्ट देखिएको छ।

दुबै जना करिब एक वर्षको प्रेम सम्बन्धमा रहे अनि विवाह गरेका थिए। सलोन अभियनयात्रामा सक्रिय छन्। सहायक भूमिकामा अभिनय गर्दा हिट भए पनि सलोनको सोलो अभिनय रहेको फिल्म भने चल्ने गरेका छैनन्।  

३० फागुन, २०८०, २१:१०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।