घट्यो सेयर बजार

घट्यो सेयर बजार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक संसद्मा विश्वासको मत लिइरहँदा बुधबार सेयर बजार नेप्से २.४८ अंकले घटेर परिसूचक २१०८.७२ अंकमा रह्यो।

१३ मध्ये आठ उपसमूहका कम्पनीहरूको सेयर मूल्य सूचक घटेका छन्।

बैंकिङ, होटल र पर्यटन, जलविद्युत, लगानी, उत्पादन र प्रशोधन, निर्जीवन बीमा, व्यापार उप-समूह घट्दा समग्र कारोबार घटेको हो।

बुधबार १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँमा कारोबार भएको छ। मंगलबार १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ भएको थियो।

१३३ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा लगानीकर्ताले गुमाएका छन्।

सेयर मूल्य घटेका कम्पनीमा माथिल्लो तामाकोसी, दोर्दीखोला जलविद्युत, सिद्धार्थ इक्विटी फण्ड, बलेफी हाइड्रोपावर, नबिल ब्यालेन्स्ड फण्ड–२ लगायत शीर्ष ५ मा छन्।

९६ कम्पनीको सेयर मूल्य भने बढेको छ। बढ्नेमा विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य उप-समूह छन्।

सर्वाधिक कारोबार हुनेमा आज पनि शिवम् सिमेन्ट अगाडि रह्यो। उक्त कम्पनीको सेयर २५ करोड ५३ लाख रुपैयाँको किनबेच भएको छ।

यस्तै, सोनापुर मिनरल्सको २० करोड ६९ लाख, हिमालयन रिइन्स्योरेन्स २० करोड ६३ लाख र माथिल्लो तामाकोसीको १५ करोड ५४ लाखको सेयर किनबेच भएको छ।

१४ कम्पनीको सेयर मूल्यमा स्थिर रह्यो।

३० फागुन, २०८०, १६:०९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।