के विषयमा संवाद गर्दैछन् राजेशले ओलीसँग?

के विषयमा संवाद गर्दैछन् राजेशले ओलीसँग?

काठमाडौं : अभिनेता राजेश हमालले एमाले अध्यक्ष केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन्। नेपाल इन्टरनेशनल फिल्म फेस्टिबल (निफ)को सातौं सँस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा सेसनमा ओली र राजेशले संवाद गर्ने भएका हुन्।

सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन हुनेछ। २ घन्टाको रहने संवाद ११ बजेदेखि सुरू आयोजकले जनाएको छ। उक्त संवाद राष्ट्रिय सभागृहमा हुनेछ।

चैतको १ गतेदेखि सुरू भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिवल अध्यक्ष केपी पाठकले जानकारी दिए।

महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्ने छन् भने नम्रता शर्माले चलचित्रमा लैङ्गिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मासँग कुरा गर्ने छिन्।

गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’को प्रदर्शनसँगै यो सालको निफ सुरू गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यस सँस्करणमा ४० देशका ८८ फिल्म देखाइनेछ।

२८ फागुन, २०८०, १५:०५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।