सूर्यज्योति लाइफद्वारा १० विपन्न महिलालाई तालिमसहित सिलाई मेसिन वितरण

सूर्यज्योति लाइफद्वारा १० विपन्न महिलालाई तालिमसहित सिलाई मेसिन वितरण

नवलपरासी : सूर्यज्योति लाइफले १० विपन्न महिलालाई तालिमसहित सिलाई मेसिन वितरण गरेको छ।

११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फूलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु– ३, नवलपरासीको संयोजकत्वमा विपन्न वर्गका महिलाहरूको आर्थिक क्षमता वृद्धिका लागि १० थान सिलाई मेसिन वितरण गरेको हो।

विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूको सहयोगबाट वित्तिय साक्षरता, सिपमुलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्यूनीकरण, अनुकुलन सम्बन्धी गतिविधि, खेलकुद तथा साक्षरता कक्षा सम्बन्धी बिभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष अम्बर बहादुर महतो, सचिव काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरूसहित रोटरी क्लव नवलपरासीका पदाधिकारी, स्थानिय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थियो।

कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाले उक्त कार्यक्रममा सामाग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले विपन्न वर्गका महिलाहरूको आर्थिक क्षमता वृद्धि गर्न टेवा पुग्ने कुरामा विश्वस्त रहेको जानकारी गराए।

साथै फूलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष महतोले विपन्न तथा पिछडिएका महिलाहरूको सीपमा विकास गरी उनीहरूलाई आर्थिक समुन्नतिको बाटोमा बढाउन सकिन्छ भन्ने उदेश्यले तालिम आयोजना गरिएको बताए।

२८ फागुन, २०८०, ०९:१६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।