६२ वर्षीय वृद्धले २१७ पटक कोरोनाविरुद्धको खोप लगाएपछि...

६२ वर्षीय वृद्धले २१७ पटक कोरोनाविरुद्धको खोप लगाएपछि...

एजेन्सी : जर्मनीमा एक ६२ वर्षीय व्यक्तिलाई चिकित्सकीय सल्लाहविपरीत २१७ पटक कोभिडविरुद्धको खोप लगाइएको पाइएको छ।

यो अनौठो घटना ‘द ल्यान्सेट इन्फेक्सियस डिजिज’ जर्नलमा रेकर्ड गरिएको छ।

ल्यान्सेट रिपोर्टका अनुसार यी व्यक्तिले जानाजानी व्यक्तिगत कारणले यी खोपहरू किनेर लगाइएको हो। यी खोपहरू २९ महिनाभित्र लगाइएको बीबीसीले जनाएको छ।

युनिभर्सिटी अफ एर्लान्जेन-नुरेम्बर्गका अन्वेषकहरूले भ्याक्सिनको यति धेरै डोज लगाए पनि यी व्यक्तिमा कुनै साइड इफेक्ट नदेखिएको बताएका छन्।

युनिभर्सिटीको माइक्रोबायोलोजी विभागका डा किलियन शोबरले भने, ‘हामीले यो केसको बारेमा एउटा पत्रिकाको लेखबाट थाहा पायौँ। त्यसपछि हामीले ती व्यक्तिलाई सम्पर्क गर्यौं र विभिन्न परीक्षणहरूका लागि एर्लान्जेन आउन आग्रह गर्यौं।’

यी व्यक्तिले आफ्नो रगत र र्यालको ताजा नमूना दिएका थिए। अन्वेषकहरूले यस व्यक्तिको जमेको रगतको नमूनाहरू पनि जाँच गरेका छन्।

यी नमूनाहरूबाट खोप लगाउँदा प्रतिरक्षा प्रणालीले कस्तो प्रतिक्रिया देखाउँछ भनेर पत्ता लगाउने प्रयास गरिएको डा शोवरले बताए।

खोपको १३० डोजसँग सम्बन्धित प्रमाणहरू म्याग्डेबर्ग शहरका सार्वजनिक अभियोजकले सङ्कलन गरेका थिए।

२४ फागुन, २०८०, ०७:४३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।