रसियाको सेनामा भर्ना गर्ने प्रलोभनमा ठगी गरेको आरोपमा विनीता पक्राउ, आरोप वैदेशिक रोजगार ठगी

रसियाको सेनामा भर्ना गर्ने प्रलोभनमा ठगी गरेको आरोपमा विनीता पक्राउ, आरोप वैदेशिक रोजगार ठगी

काठमाडौँ : भिजिट भिसामा रसिया पठाएर सेनामा भर्ना गर्ने भन्दै ठगी गरेको आरोपमा विनीता गुरुङ पक्राउ परेकी छिन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई मंगलबार पक्राउ गरेको हो।

कार्यालयका अनुसार उनीमाथि भीम बहादुर बुढालाई वैदेशिक रोजगारीको लागि रसिया पटाइदिन्छु भन्दै तीन लाख ४६ हजार नेपाली रुपैयाँ र एक हजार अमेरिकी डलर लिएर रसिया पठाएको तर कागजपत्र नक्कली भनेर रसियाबाट फिर्ता पठाएको थियो।

उनले बुढालाई छ लाख पचास हजार रुपैयाँ तिरेमा रसिया पुगेर रसिया सैनिकमा काम लगाइदिने र महिनाको तीन महिना हुन्छ भनेर पटक पटक गरेर साढे तीन लाख नेपाली र एक हजार अमेरिकी डलर लिएको कार्यालयले जानकारी दिएको छ।

बुढाले एसएलसी समेत पास गरेका थिएनन्। तर विनीताले भिजिट भिसामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू बनाएर एक हजार डलर साटेको देखाई उक्त डलर बसपार्कबाट आफै लिएकी थिइन्।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर उनलाई रसिया पठाइन्। तर रसिया पुगेपछि नक्कली कागजात भएको भन्दै एयरपोर्टबाटै नेपाल फिर्ता पठाइएको थियो।

उनी नेपाल आएपछि वैदेशिक रोजगार विभागमा ठगी सम्बन्धी उजुरी दिएका थिए। उनको उजुरीको आधारमा विभागले बिनिताको पक्राउका लागि कार्यालयमा पत्र पठाएको थियो। विभागको पत्रको आधारमा पक्राउ परेकी बिनिताको संलग्नताबारे अनुसन्धान सक्काएर विभाग बुझाएको कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

२२ फागुन, २०८०, २०:५८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।