उषा उप्रेतीको ‘भर्जिन जवानी’

उषा उप्रेतीको ‘भर्जिन जवानी’

काठमाडौं : भोजपुरी फिल्मकाे गीतमा समेत नृत्य गरिसकेकी मोडल उषा उप्रेतीको नयाँ गीत‘भर्जिन जवानी’ सार्वजनिक भएको छ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतको भिडियोमा मोडल उषा उप्रेतीलाई अहिलेसम्मकै बोल्ड अवतारमा प्रस्तुत गरिएको छ।

सुरेश पाण्डेयले निर्देशन गरेको गीतको भिडियोमा शुक्र तामाङको निर्माण गरेका हुन्। निर्देशक पाण्डेयले नै कोरियोग्राफी गरेको भिडियोमा सौरभ लामाको छायाङ्कन, सौखिन तिमल्सिनाको सम्पादन रहेको छ।

गीतमा राजु कोइरालाको शब्द रचना रहेको छ भने दुर्गा दाहाल साउदको संगीत तथा स्वर सुन्न सकिन्छ।

लक्षु प्रकाश मल्लको एरेञ्ज रहेको यस गीतमा दीप श्रेष्ठको मास्टरिङ तथा मिक्सिङ छ। भिडियोलाई शुक्र तामाङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

१९ फागुन, २०८०, १२:११:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।