सुरेनको ‘सल्लेरी पाखाहरू’मा जिशु र दिक्पाल

सुरेनको ‘सल्लेरी पाखाहरू’मा जिशु र दिक्पाल

काठमाडौं : गायक तथा रचनाकार सुरेन गौतमले ‘सल्लेरी पाखाहरू’ बाेलको सार्वजनिक गरेका छन्।

गीतमा विशाल पौडेलको संगीत छ भने गीत सुरेन आफैँले लेखेका हुन्।

पिटर गुरुङको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा दिक्पाल कार्की र जिशु कोइरालालाई फिचर्ड छन्।

दिपेन खड्काको छायांकन गरेको भिडियो विष्णुहरि तिमिल्सिनाले सम्पादन गरेका छन्।

गीत रिलिजपछि गायक गौतमले म्युजिक भिडियोले दर्शकस्रोताको मन जित्नेमा ढुक्क भएको बताए।

‘गीत र म्युजिक भिडियो दुवै आकर्षक बनेको छ,’ उनले भने, ‘दर्शक श्रोताको मन जित्नेमा दुइमत छैन।’

अमेरिका बस्दै आएका गायक गौतमले नेपाल आएको मेसोमा गीत-संगीत रेकर्ड गर्ने गरेका छन्।ब

१९ फागुन, २०८०, १२:०५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।