हमासले भन्यो- ‘इजरायली बमबारीका कारण सात बन्धक मारिए’

हमासले भन्यो- ‘इजरायली बमबारीका कारण सात बन्धक मारिए’

एजेन्सी : हमासले गाजा पट्टीमा बन्धक बनाएका सात जनाको मृत्यु भएको बताएको छ।

हमासले इजरायली बमबारीका कारण यी बन्धकहरूको मृत्यु भएको बताएको हो। यसमा उनका केही लडाकु पनि मारिएका छन्।

हमासले मारिएका बन्धकहरूको संख्या ७० भन्दा बढी हुनसक्ने बताएको छ। ज्यान गुमाउने सात बन्धकहरू पहिले नै मारिएका ३१ बन्धकहरूमा पर्छन् वा छैनन् भन्ने स्पष्ट छैन।

यस सम्बन्धमा इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन र न हमासले कुनै ठोस प्रमाण पेश गरेको छ।

हमासले अक्टोबर ६, २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेर २५३ जनालाई बन्धक बनाएको थियो। इजरायलका अनुसार हमासको यो हमलामा आफ्ना १२ सय मानिस मारिएका छन्।

हमासको आक्रमणपछि इजरायलले गाजामा ठूलो मात्रा बमबारी गरेको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण गाजामा हालसम्म ३० हजार प्यालेस्टाइनी मारिएको दाबी गरेको छ।

नोभेम्बरमा, हमासले अस्थायी युद्धविराम सम्झौता अन्तर्गत १०५ इजरायली बन्धकहरूलाई रिहा गरेको थियो। बदलामा, इजरायलले २४० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको थियो।

१९ फागुन, २०८०, १०:५७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।