मेचीनगरका स्थानीयमाथि सशस्त्र प्रहरीद्वारा खुकुरी प्रहार, छ जना घाइते

मेचीनगरका स्थानीयमाथि सशस्त्र प्रहरीद्वारा खुकुरी प्रहार,  छ जना घाइते

झापा : मेचीनगरको गैरीगाउँका स्थानीयमाथि सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा छ जना घाइते भएका छन्।

शुक्रबार राति ८ बजे सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरीका कोट मास्टर र चालकले खुकुरीले प्रहार गर्दा छ जना घाइते भएका हुन्।

घाइतेमध्ये एकको हातको औंला काटिएको छ भने अर्काेको छातीमा गहिरो चोट लागेको छ।

घाइतेहरूलाई उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पताल लगिएको छ। काँकडभिट्टास्थित नेपाल–भारत सीमाको ९०२/९०३ नम्बर सीमा स्तम्भ नजिक घटना भएको हो।

सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वार्टरका एसपी कविन्द्र राईले तस्करी गर्ने समूहले प्रहरीमाथि आक्रमण गर्दा विवाद भई सामान्य हात हालाहाल भएको दाबी गरे। 

१९ फागुन, २०८०, ०९:००:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।