केपी ओली कपको फाइनल आज, मछिन्द्र र एनआरटीबीच उपाधि प्रतिस्पर्धा

केपी ओली कपको फाइनल आज, मछिन्द्र र एनआरटीबीच उपाधि प्रतिस्पर्धा

काठमाडौं : एमालेको भ्रातृ संस्था युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कप फुटबलको उपाधि भिडन्त आज हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेदेखि सुरु हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र न्यूरोड टिम एनआरटी आमने सामने हुनेछन्।

सेमिफाइनलमा मच्छिन्द्रले भारतको भानेभञ्ज्याङ एफसीलाई ५-० गोलको एकतर्फी जित निकाल्दै फाइनलमा स्थान बनाउँदा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० को सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको उपाधि विजेताले ११ लाख तथा उप विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। 

यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। फाइनलअघि दिउँसो २ बजेदेखि दशरथ रंगशालामा सांगीतिक प्रस्तुति पनि हुनेछ।

१९ फागुन, २०८०, ०७:५०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।